२६ बैशाख काठमाडौ। संघीय सरकारमा सहभागी हुन इच्छा जनमत पार्टीका सीके राउतले देखाएको छन् । राजेको मन्त्रालय नपाएपछि पार्टीले सरकारलाई दिँदै आएको समर्थन भने कायमै राखेको छ ।
विकासे मन्त्रालय पाउने अवस्था बने पार्टी फेरि सरकारमा जाने जनमतका उपाध्यक्ष दीपक साहले बताए । उनका अनुसार यसअघि पनि जनमतले सरकार छाड्न चाहेको थिएन । तर सहमति भए अनुसारको मन्त्रालय नपाएको कारण मात्रै पार्टीका मन्त्रीले राजीनामा बुझाएको साहको भनाइ छ ।
सुरुमै माओवादी–एमाले गठबन्धनको सरकार गठन हुँदा जनमत पार्टीले उद्योग र कृषि वा दुईमध्ये एउटा कुनै एक मन्त्रालयको चाहना राखेको थियो । तर भागबन्डामा जनमत पार्टीले खानेपानी मन्त्रालय पायो । उपाध्यक्ष साहका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउने छलफल चलाइएपछि जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डले सहमति गरेका थिए । तर जनमतलाई उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयमा नै कायम राखियो ।