३१ बैशाख काठमाडौ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बिहान बालुवाटार पुगेर गगन थापा र विश्वप्रकाश शर्मा तथा भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्।प्रधानमन्त्री दाहालसँग कांग्रेस नेताहरूले मुख्यगरी २ विषयमा कुरा राखेका छन्।पहिलो, कोशी प्रदेश सरकार।दोस्रो, भुटानी शरणार्थी प्रकरण।
प्रधानमन्त्री प्रचण्डसँग कुराकानीका लागि महामन्त्रीद्वय र सहमहामन्त्री आङ्देम्बेलाई जिम्मेवारी दिइएको थियो।भेटवार्ताका क्रममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणबारे पनि कुरा उठ्यो। यो प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने र अहिल्यै निलम्बन गर्न नहुने विषयमा नेताहरूबीच मत बाझिएका छन्।
भेटवार्ताका क्रममा कांग्रेसका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेकेर निष्पक्ष ढंगबाट अनुसन्धानलाई टुंग्याउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।