Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भूटानी शरणार्थी प्रकरणबारे छलफल : तिन दलका नेताहरुबीच

नक्कली भूटानी शरणार्थी प्रकरणबारे छलफल : तिन दलका नेताहरुबीच

जोईन खबर

३१, बैशाख २०८०
  • 724
    SHARES
  • नक्कली भूटानी शरणार्थी प्रकरणबारे छलफल : तिन  दलका नेताहरुबीच

    ३१ बैशाख काठमाडौ।तीन दलका शीर्ष नेताहरुबीचको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले बताएका छन्।

    images

    बालुवाटारमा आईतवार बसेको दलका शीर्ष नेताहरुको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणले प्रवेश पाएको हो। उपनेता नेम्वाङले नक्कली भूटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरुबीचमा छलफल भएको बताए। मैले तपाईहरुको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यु र नेताहरुलाई।

    तपाईहरु तीन जना नेता त जुनसुकै बेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथं कदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निस्कर्षमा छौँ, त्यो संविधान कानून बमोजिम निस्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ।उपनेता नेम्वाङले शीर्ष नेताहरुको बैठकमा संसदीय गतिविधिहरु र विधेयकहरुलाइ अघि बढाउन समभलदारी बनेको पनि बताए। 

     

     

    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १७:०५:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको