Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

बाढीपीडितका लागि अस्थायी आवास निर्माणमा सहयोग जुटाउन वाईसिएलको देउसी–भैलो

बाढीपीडितका लागि अस्थायी आवास निर्माणमा सहयोग जुटाउन वाईसिएलको देउसी–भैलो

जोईन खबर

२१, कार्तिक २०८३
  • 361
    SHARES
  • बाढीपीडितका लागि अस्थायी आवास निर्माणमा सहयोग जुटाउन वाईसिएलको देउसी–भैलो

    २० कार्तिक काठमाडौं । बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका घरबारविहीन परिवारका लागि अस्थायी आवास निर्माणमा सहयोग जुटाउने उद्देश्यले वाईसिएल नेपालले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    वाईसिएल नेपालले आगामी २१ गते पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमबाट संकलित सम्पूर्ण सहयोग रकम बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण भइरहेका अस्थायी आवासमा खर्च गरिने संगठनले जनाएको छ।

    images
    images
    images

    बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले वाईसिएल नेपालले १५० वटा अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको थियो। सोही अभियानअन्तर्गत नुवाकोटको बेलकोट नगरपालिकास्थित ठूलो खोलामा दशैँअघि २१ वटा दुईकोठे घर निर्माण सम्पन्न गरी प्रभावित परिवारलाई हस्तान्तरण गरिसकेको छ।

    उक्त आवासहरू पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको थियो। वाईसिएल नेपालका अनुसार निर्धारित १५० वटा अस्थायी आवासमध्ये २१ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी १२९ वटा घरटहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

    बाढीपहिरो प्रभावित परिवारको पुनःस्थापनालाई थप प्रभावकारी बनाउन वाईसिएल नेपालले देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमबाट संकलित सम्पूर्ण रकम बाढीपीडितका लागि निर्माण भइरहेका अस्थायी आवासमा खर्च गरिने जनाइएको छ। विपत्तिमा परेका नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन भइरहेको अभियानमा सहयोग जुटाउन देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको संगठनले जनाएको छ।

    कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित पार्टीका सम्पूर्ण केन्द्रीय नेताहरू, प्रदेश समिति सदस्य, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई उपस्थितिका लागि वाईसिएल नेपालले अनुरोध गरेको छ।वाईसिएल नेपालका केन्द्रीय प्रवक्ता धिरज उपरकोटीले देउसी–भैलो कार्यक्रम केवल सांस्कृतिक उत्सव मात्र नभई विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिने र मानवीय सेवामा हातेमालो गर्ने अभियान भएको बताएका छन्।

    उनले बाढीपहिरोबाट घरबारविहीन भएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सबैलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न तथा कार्यक्रममा सहभागी हुन अपिल गरेका छन्।

    ‘विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउनु हामी सबैको साझा दायित्व हो’ भन्ने भावनाका साथ आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भई बाढीपीडित परिवारको अस्थायी आवास निर्माण अभियानमा सहयोग गर्न वाईसिएल नेपालले सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा सहयोगी मनहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।वाईसिएल नेपालले बाढीपहिरो प्रभावित परिवारको पुनःस्थापना तथा सुरक्षित आवास निर्माण अभियानलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १६:३९:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको