Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रधानमन्त्री कार्यालयमा दानबहादुर कार्कीका लागि सुरक्षा सल्लाहकारको कार्यकक्ष तयार

प्रधानमन्त्री कार्यालयमा दानबहादुर कार्कीका लागि सुरक्षा सल्लाहकारको कार्यकक्ष तयार

जोईन खबर

२१, कार्तिक २०८३
  • 271
    SHARES
  • प्रधानमन्त्री कार्यालयमा दानबहादुर कार्कीका लागि सुरक्षा सल्लाहकारको कार्यकक्ष तयार

    २० कार्तिक काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा सुरक्षा सल्लाहकारका लागि कार्यकक्ष व्यवस्थापन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए। अहिले कोठाको ढोकानजिकै ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेट राखिएको छ।

    images
    images
    images

    कार्यकक्षमा कुर्सी, सोफा तथा बैठकका लागि ठूलो टेबल राखिएको छ। उक्त कोठामा शौचालयको सुविधासमेत रहेको छ।सरकारले बुधबार मात्रै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गरेको हो। प्रहरी महानिरीक्षकबाट कार्कीलाई हटाएर उक्त पदमा नियुक्त गर्ने उद्देश्यले नयाँ पद सिर्जना गरिएको बताइएको छ।

    सरकारले कार्कीको कार्यकाल सकिन एक साता बाँकी रहँदा उनलाई आईजीपी पदबाट हटाएको थियो। उनको स्थानमा सोही ब्याचका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरिएको छ।

    पछिल्लो समय प्रधानमन्त्री र कार्कीबीच सम्बन्धमा खटपट आएको बताइएको छ। सोही पृष्ठभूमिमा सरकारले कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको हो।तर कार्की भने सुरक्षा सल्लाहकारको नियुक्ति स्वीकार गर्न तयार छैनन्। सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको दाबी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिटमाथि अदालत प्रशासनले अध्ययन गरिरहेको छ।कार्कीले अदालतको निर्णय नआएसम्म प्रधानमन्त्री कार्यालयमा हाजिर नहुने योजना बनाएका छन्। मुद्दामा आफू पराजित भएमा भने राजीनामा दिने तयारीमा रहेको बताइएको छ।

    प्रकाशित मिति :कार्तिक २१, २०८३ शुक्रवार - १७:१०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको