Logo

मंगलवार, श्रावण १२ गते २०८३

घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

जोईन खबर

१, जेठ २०८०
  • 1.0K
    SHARES
  • घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

    १ जेठ काठमाडौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिन सक्ने व्यवस्थाको सुरुवात गरेको छ ।आज (सोमबार) एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सक्ने व्यवस्था सुरु गरिएको हो । 

    images
    नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने, आफैँले कोठामा बसीबसी आफ्नै कम्प्युटरबाट फर्म भर्न सक्ने आफैँले प्रिन्ट आउट गर्न सक्ने सर्टिफिकेट, त्यहीँबाट पैसा तिर्न सक्ने व्यवस्थामा प्रवेश गर्नु भनेको प्रशंसनीय काम हो, यो शतप्रतिशतमा गएको छैन, ४० प्रतिशत अझै बाँकी नै छ, तर एउटा प्रक्रियाको सुरुवात भइसकेपछि बिस्तारै सबै काम हुँदै जान्छ, शिक्षा मन्त्रालय यसमा लाग्नेछ । यो सेवालाई निरन्तरता दिनुपर्ने, नियमित गर्नुपर्ने आवश्यकता छ ।

    वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १३:०८:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको