१६ साउन काठमाडाै । आज मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा संघीय शिक्षा ऐनको मस्यौदा पेश हुने भएको छ ।ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्ने भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै बैठकमा मस्यौदा मंगलबार पेश हुने शिक्षा मन्त्रालय स्रोतले बताएकाे हाे ।
मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्ने र आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद् पेश गरेका थिए ।पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । वर्तमान शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर परिमार्जनगर्ने भएका थिए ।