१जेठ काठमाडौं । २० वैशाखमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने समयमा टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा भाषण गरिरहेका थिए।
पक्राउ पुर्जी जारी भएको सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि उनले आफैं प्रहरीमा आउने सन्देश दिएका थिए।संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं आउन अर्घाखाँचीबाट हिँडे।
रुपन्देहीसम्म घिमिरेसँगै उनी आए। तर, उनी सभामुख घिमिरेसँग काठमाडौं आएनन्। प्रहरीलाई सहयोग गर्ने बताएका उनले काठमाडौं त आएनन् नै मोबाइल नै अफ गरे फरार भए। मोबाइल अफ गरेर उनी कहाँ गए भन्नेसमेत प्रहरीले पत्तो पाएन।काठमाडौं नआएर रायमाझी एक पूर्व सचिवालय सदस्यसहित पोखरा गए। त्यहाँ उनले सेल्टर खडा गरे।
टोपबहादुर पक्राउ फेला परेनन्। ती व्यक्तिलाई पक्राउ गरेपछि थाहा भयो टोपबहादुर पोखरामा भएको कुरा।यसपछि प्रहरी विषेश ब्यूरोक उनलाई नियन्त्रणमा लिएपछि बल्ल प्रहरी टोपबहादुरसम्म पुग्यो। आइतबार साँझ मात्र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको पासिकोटबाट एक घरबाट पक्राउ गरेको हो।