२ जेठ काठमाडौ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले यही जेठ ५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गर्नुभएको थियो ।विधेयकलाई प्रक्रियागत अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनुभएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।