२ जेठ काठमाडौ।नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् । सामाजिक सञ्जालको ट्रायल भइरहेको डा. आरजु राणाको विषयलाई लिएर उहाँ आफैँले प्रतिरक्षा गरिरहनुभएको छ।
आफैँले साइबर ब्युरोमा गएर यो नक्कली कुरा हो। यसको अनुसन्धान गर उहाँले भनिरहनु भएको छ। भनेपछि पहिला नै न उहाँ आरोपी हो। न त्यसको कुनै प्रमाणिकता छ।
सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषि हो भनेजस्तो गर्नु भएन नि। पार्टीको गम्भिर ध्यानाकर्षण भएको मलाई विश्वास छ अडियो प्रकरण झुटो र नक्कली हो। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरेको बताए।

