Logo

बिहिवार, श्रावण १४ गते २०८३

एमालेले समर्थन फिर्ता लिए पनि मैले विश्वासको मत लिनु पर्दैन :मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

एमालेले समर्थन फिर्ता लिए पनि मैले विश्वासको मत लिनु पर्दैन :मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

जोईन खबर

४, जेठ २०८०
  • 667
    SHARES
  • एमालेले समर्थन फिर्ता लिए पनि मैले विश्वासको मत लिनु पर्दैन :मधेस  प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

    ४ जेठ काठमाडौँ। मधेस  प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले  सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विश्वासको मत लिन नपर्ने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दाबी गरेका छन्।

    images

    मैले प्रदेश सभामा उपस्थित सबै सांसदको मत पाएको हो। अहिले २३ जनाले मात्रै समर्थन फिर्ता लिएर केही हुँदैन। कानुनी परामर्श गर्दा मैले विश्वासको मत लिन पर्ने देखेको छैन,’ उनले भने,‘अब मन्त्रिपरिषद विस्तार गर्नुपर्ने छ। यसै सातामा कांग्रेस र एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुन्छन्।’संघीय संसदमा दोस्रो ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए नि? 

    मधेस प्रदेश सभाको पहिलो दल एमालेका २३ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३ सांसद छन्। लोसपाका ९, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकत समाजवादी) का ७ जना सांसद छन्। स्वतन्त्र सांसद तीन जना छन् भने नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद छन्।सरकार गठनका लागि नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र र एकीकृत समाजावदी मिल्दा झिनो बहुमत पुग्छ। चार पार्टीका ५६ सांसद छन्। लोसपासमेत थपिएपछि भने ६५ सांसद हुन्छन्।

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १३:४७:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको