४ जेठ काठमाडौँ। नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताउनुभएको हो ।
उहाँले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै उहाँले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो ।
अर्को बाटो फेरि यही सदनबाट नैअहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त सङ्कल्प प्रस्तावमार्फत् ।कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्नेबताउनु भयो ।

