५ जेस काठमाडौ। शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरको बदनाम गरेको नारायण प्रसाद दाहाल टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र नभई देशद्रोहीको कार्य भएको नयाँ चुनौती बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो । नारायण प्रसाद दाहालले सिङ्गो देशको राजनीति क्षेत्र न्यायिक,प्रशासनीक सरक्षा निकाय अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ ।
बैठकमा बोल्दै सांसद दाहालले सरकारको नेतृत्वमा रहेका नेता र उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्न भएको र कुराले देश नै स्तब्ध जस्तो भएको राजनीतिक दलअरु एक ढिक्का भएर अगाडी बढ्नु पर्ने उनको भनाई रहेको छ ।