Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा जस्तोसुकै दबाब आए पनि सरकार झुक्दैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा जस्तोसुकै दबाब आए पनि सरकार झुक्दैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

जोईन खबर

८, जेठ २०८०
  • 691
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा जस्तोसुकै दबाब आए पनि सरकार झुक्दैन :  गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    ८ जेठ काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा गृहमन्त्री श्रेष्ठले सो घटनामा संलग्न दोषीलाई कार्वाही गर्न सरकार दृढ रहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै पक्षपात हुने छैन  सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन । गृहमन्त्री श्रेष्ठले अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कार्वाही गर्न दृढ छ ।

    images

    नक्कली भूटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उनले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताएका छन् ।

    कोही निर्दाेष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशङ्का र क्षति पुग्न नपाओस् भनेर होसियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ । अनुसन्धानले पुष्टि गरेका आधारमा दोषीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ११:५९:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको