Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई (जर्बजस्ती ) मुछिएको हो : एमालेका नेता बस्नेत

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई (जर्बजस्ती ) मुछिएको हो : एमालेका नेता बस्नेत

जोईन खबर

१०, जेठ २०८०
  • 580
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई (जर्बजस्ती ) मुछिएको हो : एमालेका नेता बस्नेत

    १० जेठ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई ‘जर्बजस्ती’ मुछेको  नेकपा एमालेका नेता  बस्नेतले आरोप लगाएका छन् । महेश बस्नेतले  सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

    images

    बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि उनले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् ।

    यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको स्ट्याटस

    आज एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भए र आइजिपी फेरेर भए पनि उहाँलाई आइजिपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजिपीलाई पनि यही केसमा फसाएर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।केशव दुलाल र लीला जिसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।तिनै केशव दुलाललाई आज प्रहरीले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

    निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पीडित भनिएका कसै सँग पैसा लिएको छैन कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन् ।सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् । केशव दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्व मन्त्री खाँण र पूर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।देउवाले आज दिउँसो आफू निकटको व्यक्ति हरूलाई ढुक्क हुनु खाँण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेका छन्बयानमा खाँण लगायतलाई बचाउने नियत प्रस्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको सङ्केत गरेका थिए । 

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - ११:०१:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको