Logo

बिहिवार, श्रावण १४ गते २०८३

अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

जोईन खबर

१०, जेठ २०८०
  • 610
    SHARES
  • अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ  छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

    १० जेठ काठमाडौं । अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । 

    images

    प्रधामन्त्री प्रचण्डसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाललगायतको उपस्थिति रहेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।

     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - ११:३९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको