Logo

बिहिवार, श्रावण १४ गते २०८३

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

जोईन खबर

१५, जेठ २०८०
  • 733
    SHARES
  • बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

    १५ जेठ काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को आय तथा व्यय विवरण (बजेट) आज पेस गर्दैछन् ।आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट वाचन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे मन्त्रिपरिषदको बैठकले बजेट पारित गर्ने छ । 

    images

    लक्ष्य भन्दा कम राजस्व र कम वैदेशिक सहायता उपलब्ध भएको एवम् सुस्त गतिमा अगाडि बढिरहेको अर्थतन्त्रलाई गतिशिल बनाउने गरी बजेट ल्याउनुपर्ने जिम्मेवारी अर्थमन्त्रीको काँधमा छ । योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको सिलिङ दिएकाले त्यसकै वरिपरि रहेर अर्थात १७ खर्बको हाराहारीमा नयाँ बजेट आउने बताइएको छ ।

    चालु आवका लागि माओवादीको तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट पेश गरेकोमा एमालेबाट अर्थमन्त्री भएकाले विष्णु पौडेलले त्यसलाई मध्यावधिक समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब पुर्याएका थिए । जनार्दन शर्माले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखे पनि अर्थतन्त्रमा पर्याप्त आर्थिक गतिविधि नहुँदा २ प्रतिशतभन्दा कम मात्रै आर्थिक वृद्धि हुने आंकलन राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

     

     
     
     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १४:४३:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको