१५ जेठ काठमाडौ । गणतन्त्र दिवसका दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ । छापावाल सुन आज प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँ कायम रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको थियो ।
सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ कायम रहेको छ । हिजाे चाँदी तोलामा १५ रुपैयाँले महंगिएको थियो । विश्व बजारमा भने सुनचाँदीको भाउ महंगिएको छ । सो बजारमा सुन प्रति अउन्स करिब ४ डलरले बढेको छ । यतिबेला सुन प्रति अउन्स एक हजार ९४७ डलर बराबरमा कारोबार भइरहेको छ ।