Logo

बिहिवार, श्रावण १४ गते २०८३

लुम्बिनी विकास बैंकले लिमिटेडले जेठ १६ देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै

लुम्बिनी विकास बैंकले लिमिटेडले जेठ १६ देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै

जोईन खबर

१६, जेठ २०८०
  • 607
    SHARES
  • लुम्बिनी विकास बैंकले   लिमिटेडले जेठ १६ देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै

    १६ जेठ काठमाडौ ।लुम्बिनी विकास बैंक बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

    images

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

    न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १०:२४:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको