Logo

बिहिवार, श्रावण १४ गते २०८३

एकै दिन सुन तोलामा कतिले बढ्यो

एकै दिन सुन तोलामा कतिले बढ्यो

जोईन खबर

१६, जेठ २०८०
  • 754
    SHARES
  • एकै दिन सुन तोलामा  कतिले बढ्यो

    १६ जेठ काठमाडौ । मंगलबार सुनको भाउमा उछाल देखिएको छ । सुन तोलामा नै २ हजार ४०० रुपैयाँले महंगिएको हो । चाँदीको भाउ पनि यस दिन १५ रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको छ । यद्यपी आज भन्सार विभागबाट २०८०।०८१ को वजेटमा सुनचाँदी सम्बन्धी भन्सार दर प्रष्ट जवाफ प्राप्त नभएको हुँदा मोटामोटी दरभाउ निर्धारण गरिएको महासंघले जनाएको छ ।

    images

    महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले सोमबार प्रस्तुत गरिएको बजेटमा सुनचाँदी सम्बन्धित भन्सार दर स्पष्ट नभएको बताएका छन् । आन्तरिक भन्सार बढाउने बजेटमा उल्लेख गरिए पनि स्पष्ट रुपमा नलेखिँदा आज भाउ निर्धारण गर्न केहि समस्या भएको उनले खुलाए । आर्थिक विधेयकमा राखेर परिपत्र नगरेसम्मका लागि माेटामोटी निर्धारण गरिएको उनले बताए । 

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १३:०८:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको