१७ जेठ काठमाडौ । सुनको भाउ नयाँ रेकर्ड कायम भएको छ । सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकाशिएकाे हाे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको छ । सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेको थियो ।बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा उक्लेको छ । हिजो चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दा एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।