Logo

बिहिवार, श्रावण १४ गते २०८३

कर वृद्धिपछि कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

कर वृद्धिपछि कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

जोईन खबर

१७, जेठ २०८०
  • 658
    SHARES
  • कर वृद्धिपछि कुन बिजुली गाडीको मूल्य कति पुग्यो ?

     १७ जेठ काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गरेको कर वृद्धिका कारण नेपालमा हाल लोकप्रिय रहेका विद्युतीय गाडीको मूल्य बढ्ने निश्चित भएको छ । बजेटसँगै ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा १८ देखि २० प्रतिशत मूल्य बढ्ने देखिएको हो । 

    images

    सरकारले ५० देखि १०० किलोवाट क्षमताको नयाँ वर्ग सिर्जना गरी त्यसमाथि ३०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीको करको दर हेरफेर गरेको छ । यसबाट ५० किलोवाट क्षमताभन्दा मुनी र ३०० किलोवाट क्षमताभन्दा माथिका विद्युतीय गाडीको मूल्य भने फरक पर्ने छैन ।

    महँगिए ५० देखि १०० किलोवाट क्षमताका गाडी

    ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र पाँच प्रतिशत भन्सार बढाइएको छ । यसबाट यो नयाँ सेग्मेन्ट अन्तर्गत पर्ने गाडीहरूको मूल्य १८ देखि २० प्रतिशतसम्मले वृद्धि हुने व्यवसायीहरूले बताएका छन् ।

    नेटा भी

    सीजी मोटर्सले बिक्री गर्दै आएको चिनियाँ विद्युतीय गाडी नेटा भीको मूल्य यसअघि ३७ लाख ९९ हजार रुपैयाँ रहेको  थियो । कर वृद्धिका कारण यो गाडीमा झण्डै सात लाख रुपैयाँले मूल्य वृद्धि हुने अनुमान गरिएको छ । 

    टाटा नेक्सन ईभी (प्राइम)

    टाटा नेक्सन ईभी प्राइम अन्तर्गत एक्सएम, एक्सजेड, एक्सजेड प्लस लक्स गरी तीन ओटा भेरियन्ट रहेका छन् । जसमा सात लाख रुपैयाँदेखि सात लाख ८० हजार रुपैयाँसम्म मूल्य वृद्ध हुन सक्छ ।

    टाटा नेक्सन ईभी म्याक्स

    टाटा मोटर्सले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको टाटा नेक्सन ईभी म्याक्सको मूल्य बिक्री नहुँदै वृद्धि हुने देखिएको छ ।

    कम्पनीले यसअघि ४६ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेको भए पनि अब कर वृद्धि भएपछि यो गाडीको मूल्य करिब साढे आठ लाख रुपैयाँले बढेर झण्डै ५५ लाख रुपैयाँ हाराहारी पुग्नेछ । 

    एमजी जेडएस ईभी

    एमजी जेडएस ईभी अन्तर्गत ५० देखि १०० किलोवाट क्षमताको वर्गमा कम्फर्ट र डिलक्स गरी ओटा भेरियन्ट बजारमा आएका छन् । जसमा नौ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मले मूल्य वृद्धि हुन सक्छ ।

    तर घट्नेछ यी विद्युतीय गाडीको मूल्य

    चालू आर्थिक वर्षको बजेटमार्फत एक्कासी कर वृद्धि गरिएका १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय गाडीको कर भने आगामी आर्थिक वर्षको बजेटबाट घटाइएको छ । जसमा समान ३० प्रतिशत रहेको भन्सार र अन्तशुल्क १०/१० प्रतिशतले कटौती गरिएको छ

    एमजी जेडएस ईभी (लङ्ग रेञ्ज)

    यसअघि ८१ लाख ९९ हजार रुपैयाँ पर्ने यो गाडीको मूल्य २० प्रतिशतभन्दा बढीले कर घट्दा करिब १६ लाख ५० हजार रुपैयाँले सस्तिएर ६५ लाख हाराहारीमा उपलब्ध हुनेछ । 

    हुन्डाई आयोनिक फाइभ

    यो गाडीको मूल्य यसअघि नेपालमा एक करोड १६ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।बजेटपछि यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ जतिले घटेर ९३ लाख रुपैयाँमा उपलब्ध हुने अनुमान गरिएको छ । 

    टेस्ला मोडेल वाई

    टेस्ला मोडेल वाईलाई यसअघि नेपालमा एक करोड २५ लाख रुपैयाँ पर्ने गरेको थियो ।कर सहुलियतका कारण २५ लाख रुपैयाँ हाराहारीले सस्तिएर एक करोड रुपैयाँ आसपासमा उपलब्ध हुनेछ । 

    निसान लिफ

    निसानको बिजुली गाडी लिफको मूल्य बजेट अघि ६४ लाख ९९ हजार रुपैयाँ रहेको  थियो । अब १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क घटेपछि करिब ५२ लाख रुपैयाँ हाराहारीमा यो गाडी पाउन सकिनेछ ।

     

    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १७:५०:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको