Logo

बिहिवार, श्रावण १४ गते २०८३

कर्मचारी दरखास्त आव्हान (सूचनासहित)

कर्मचारी दरखास्त आव्हान (सूचनासहित)

जोईन खबर

१९, जेठ २०८०
  • 661
    SHARES
  • कर्मचारी दरखास्त आव्हान (सूचनासहित)

    कृषि विकास बैंक लिमिटेडले कर्मचारी दरखास्त आव्हान गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गर्न लागेको हो ।बैंकले शुक्रबार सूचना प्रकाशित गरी विभिन्न १२ पदमा १७९ जना कर्मचारी माग गरेको छ । बैंकले सबैभन्दा धेरै लेखापाल पदको लागी ७२ जना कर्मचारी माग गरेको छ । जसमा खुला तर्फ ४०, महिला १० र अन्य २० जनाको लागी आवेदन खुलाएको हो ।
    यस्तै व्यवसाय अधिकृत तर्फ ३८ जना कर्मचारी माग गरेको छ भने व्यवसाय सहायक तर्फ ३६ जना कर्मचारी माग गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको संस्थामा कार्यरत उम्मेदवारहरुले आवेदन पेश गर्दा आफू कार्यरत रहेको संस्थाबाट विभागीय स्वीकृति लिई अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ ।

    images

    साथै, नोकरीबाट बर्खास्त भएका, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएका, बैंक वित्तीय संस्थाको कुनै पदमा नियुक्ति हुन अयोग्य हुने भनी तोकिएको, कालो सूचीमा परेको, मानसिक सन्तुलन ठिक नभएको वा योग्यता नपुगेको व्यक्तिले झुट्टा विवरण उल्लेख गरी दरखास्त फारम भरेमा सोको जवाफदेही दरखास्तवाला उम्मेदवार स्वयम् हुनु पर्नेछ । योग्यता पुगेका इच्छुक आवेदकले आज जेठ १९ गतेदेखि २१ दिनभित्र आवेदन दिन सक्ने छन् ।ADBL 1 (1).jpg

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ११:२६:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको