२१ जेठ काठमाडौ । साताको पहिलो दिन नेप्से तीव्र गतिमा उच्च अंक बढेएको छ। लगानीकर्ताले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै नेप्से उच्च अंक बढ्न पुगेको हो।
लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका कारण कारोबार अवधिभन्दा १ घण्टापछि खुलेको बजार, १५ मिनेटमा नै ५० अंकभन्दा बढी बढेको थियाे। साे अवधिसम्ममा १३ करोड रुपैयाँ बराबरको साढे ३ लाख कित्ताभन्दा बढी शेयर कारोबार भएको छ।