२२ जेठ काठमाडौ । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ। आइतबार ५३.०३ अंक बढेर १९१९.३७ विन्दुमा बन्द भएको नेप्से सो सेसनमा २.७५ अंक बढेर १९२२.१३ विन्दुमा पुगेको छ। सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २२ स्टकको २ लाख ३२ हजार १६९ रुपैयाँ बराबरको ६४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।