Logo

बिहिवार, श्रावण १४ गते २०८३

बजेटपछि टेस्लाले नयाँ मूल्य सार्वजनिक गर्‍याे

बजेटपछि टेस्लाले नयाँ मूल्य सार्वजनिक गर्‍याे

जोईन खबर

३०, जेठ २०८०
  • 790
    SHARES
  • बजेटपछि टेस्लाले नयाँ मूल्य सार्वजनिक गर्‍याे

    ३० जेठ काठमाडौ । नेपालको टेस्ला बिक्रेता अरेटी इन्टरनेशनलले मोडल थ्री र मोडल वाई बिक्री गर्दै आएको छ । बजेटले करका दर परिवर्तन गरेपछि कम्पनीले बिक्री गर्दै आएको मोडल थ्रीमा कम्पनीले करिब २० लाख रुपैयाँ मूल्य घटाएको छ ।जेठ १५ गते आएको नयाँ बजेटले १०० देखि २०० किलोवाट पीकपावर क्षमता भएका विद्युतीय गाडीमा लाग्दै आएको ३० प्रतिशत भन्सार महशुल र ३० प्रतिशत अन्तःशुल्कलाई घटाएर २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क कायम गरेपछि टेस्ला मोडल थ्रीको मूल्य घटेको हो ।

    images

    टेस्ला मोडल थ्रीमा पीकपावर १९८ किलोवाट क्षमताको मोटर रहेको छ । यसअघि कम्पनीले १ करोड ५० लाख मूल्य तोकेर बिक्री गर्दै आएको मोडल थ्री अब ग्राहकले १ करोड ३० लाख अधिकतम खुद्रा मूल्यमा किन्न पाउने छन् । साथै, कम्पनीले यो मोडल किन्ने ग्राहकलाई ५ लाखसम्म नगद छुट दिन सकिने जनाएको छ ।

    यी दुबै भेरियन्टमा २०० देखि ३०० किलोवाट क्षमतामा लाग्ने ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लाग्ने ब्यवस्था नयाँ बजेटले गरेको छ ।कम्पनीले यसअघि २ करोड २० लाख मूल्य तोकेर बिक्री गर्दै आएको अल ह्वील ड्राइभ मोडल वाईको नयाँ मूल्य २ करोड ५ लाख बनाएको छ ।

    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - १४:२३:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको