Logo

बिहिवार, श्रावण १४ गते २०८३

सोमबार सुनको मुल्य स्थिर चाँदी भने सस्तियो

सोमबार सुनको मुल्य स्थिर चाँदी भने सस्तियो

जोईन खबर

४, आषाढ २०८०
  • 736
    SHARES
  • सोमबार सुनको मुल्य  स्थिर चाँदी भने सस्तियो

    ४ असार काठमाडौ । सोमबार सुनको मुल्य स्थिर रहेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कायम रहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन तोलामा २०० रुपैयाँले बढेको थियो ।

    images

    चाँदीको मूल्यमा भने यस दिन सामान्य गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदी प्रतितोला २० रुपैयाँले महंगिएको थियो । आइतबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १२:५१:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको