Logo

बिहिवार, श्रावण १४ गते २०८३

खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

जोईन खबर

४, आषाढ २०८०
  • 727
    SHARES
  • खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

    ४ असार काठमाडौ । बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ ।घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट शेयर भरेमा कारबाही हुने जनाएको हो ।

    images

    अहिलेसम्म रकम नभएको वा अपुग रकम भएको बैंक खाताबाट आईपीओ भर्दा रद्दमात्रै हुने गरेको थियो । अब भने धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

    release_J0OwjlnBvq.jpg

    प्रकाशित मिति :आषाढ ४, २०८० सोमवार - १६:२१:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको