सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो ।चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर एक हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।