६ असार काठमाडौ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य तोलामा ४५ रुपैयाँले घटेकाे छ।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । जेठ १९ गते १ लाख १३ हजार ३ सय पुगेकाे सुनकाे मूल्य घटेर एक लाख ११ हजारमा आइपुगेकाे छ ।मंगलबार छापावाला सुनको मूल्य एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य एक हजार ३८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।