Logo

बिहिवार, श्रावण १४ गते २०८३

देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

जोईन खबर

६, आषाढ २०८०
  • 703
    SHARES
  • देशको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब पुग्यो

    ६ असार काठमाडौ ।देशकाे सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँभन्दा धेरै पुगेको हो।तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रुपैयाँ आन्तरिक ऋण मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको छ।

    images

    जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रुपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।गत साउनदेखि जेठसम्ममा तीन खर्ब रुपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रुपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १६:४०:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको