Logo

बिहिवार, श्रावण १४ गते २०८३

डेढ अर्ब नाफा हुँदा पनि मूल्य घटाउने पक्षमा छैन : नेपाल आयल निगम

डेढ अर्ब नाफा हुँदा पनि मूल्य घटाउने पक्षमा छैन : नेपाल आयल निगम

जोईन खबर

२१, बैशाख २०८०
  • 679
    SHARES
  • डेढ अर्ब नाफा हुँदा पनि मूल्य घटाउने पक्षमा छैन :  नेपाल आयल निगम

    २१ बैशाख काठमाडौ।नेपाल आयल निगमलाई  डेढ अर्ब रुपैयाँ नाफा हुँदा पनि मूल्य घटाउने पक्षमा छैन।।नेपालमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार पछिल्लो पटकको मूल्य सूची अनुसार एलपी ग्याँसको मूल्यमा धेरै मूल्य घटेर आएकोले नाफाकाे ग्राफ माथि चढेको हो ।

    images

    नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछि प्रचण्डकै निर्देशनमा गत चैत्र २० गतेबाट लागू हुने गरी निगमले पेट्रोल र डिजेलमा नयाँ खुद्रा मूल्य तोकेको थियो । निगमले डिजेलमा १० रुपैयाँ, पेट्रोलमा ३ रुपैयाँ र हवाई इन्धनमा १० रुपैयाँ घटाएर नयाँ मूल्य लागू गरेको थियो । नयाँ मूल्य सुची अनुसार पेट्रोल १७५ रुपैयाँ, डिजेल १६५ रुपैयाँ, मट्टितेल १६५ र हवाइ इन्धन १६० रुपैयाँ तोकिएको थियो । एलपी ग्याँसमा भने प्रति सिलिन्डर ५४५ रुपैयाँ घाटा भएको जनाउँदै ।

    मे १ तारिखमा भारतले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ४.३७ रुपैयाँ, डिजेलमा ४.१६ रुपैयाँ, मट्टितेलमा ३.४८ रुपैयाँ, हवाई इन्धन २.९५ रुपैयाँ र सबैभन्दा बढी एलपी ग्याँसमा प्रति सिलिन्डर ३०९.५१ पैसा मूल्य घटेर आएको थियो । निगमका अनुसार मूल्य घटेर आउँदा पनि एलपी ग्याँसमा प्रति सिलिन्डर निगमलाई २ सय १८ रुपैयाँ घाटा नै छ । 

    निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि त्यसको प्रत्यक्ष लाभ जनताले पाउन नसकेको प्रवक्ता ठाकुरले बताए । निगमले करिब एक महिना अगाडि डिजेलमा प्रति लिटर १० रुपैयाँ र पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ मूल्य घटाएको थियो । निगमले डिजेलमा १० रुपैयाँ घटाए पनि सो अनुसार सामान ढुवानीकर्ताहरुले आफ्नो मूल्य समायोजन नगरेकाले यसको अनुभव सर्वसाधारण नागरिकले गर्न नपाएको उनले बताए ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १२:०२:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको