२६ बैशाख काठमाडौ। मोटरसाइकल उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनलाई अन्यभन्दा फरक र उत्कृष्ट बनाउन विभिन्न इनोभेसनहरु गर्दै आएका छन् ।मोटरसाइकललाई सुरक्षीत बनाउन डिस्क ब्रेक, एबीएस जस्ता फिचरहरु सन् १९७० तीर करिब ५० वर्ष पहिल्यै आइसकेका थिए । यसका अलावा मोटरसाइकललाई सुरक्षीत र चलाउन सहज बनाउने अभिप्रायले पछिल्ला वर्षहरुमा थुप्रै नयाँ फिचरको विकास भएका छन् ।
राइड वाइ वायर
राइड वाइ वायर २००६ मा यामाहाले पहिलो पटक आफ्नो मोटरसाइकलमा प्रयोग गरेको थियो । राइड वाइ वायर चालकले अचानक गर्ने थ्रोटलले पैदा गर्ने हावाको फ्रलोलाई रोक्न यो टेक्नोलोजी प्रयोग गरिएको थियो ।
हिल स्टार्ट एसिस्ट
धेरै जसो कारमा प्रयोग हुने गरेको यो टेक्नोलोजी पछिल्लो समय मोटरसाइकलमा समेत प्रयोग हुन थालेको छ । बीएमडब्लूले विग एड्भेन्चर मोटरसाइकलमा यस्तो टेक्नोलोजीको प्रयोग गरेको छ ।
एयरब्याग ज्याकेट
एयरब्याग ज्याकेट मोटरसाइकलको लागि गरिएको इनोभेशन नभएता पनि मोटरसाइकल चालकको सुरक्षाको लागि गरिएको खोज हो । एयरब्याग भेष्टको प्रयोग मोटोजीपीमा गरिदै आएको छ ।
सुपर चार्जर
सुपर चार्जर कावासाकीले निर्माण गरेको नयाँ टेक्नोलोजी हो । सुपर चार्जर कम्पोनेन्ट मोटरसाइकलको इन्जिन भित्र राखिन्छ । यसले इन्जिनको पावरले ज्यादा एयर पम्प गरेर सिलिन्डरमा पठाउँछ र यसले गर्दा धेरै फ्यूल वर्न हुन्छ ।

