२७ बैशाख काठमाडौ। बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।विगत चार दिनदेखि स्थिर भएको छ । चाँदीको मूल्य आइतबार नै कायम मूल्य एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।