Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्रीको निर्देशनले रोकिएको एमडिएमएस जेठ पहिलो सातादेखि लागु गर्ने तयारी!!!!!

प्रधानमन्त्रीको निर्देशनले रोकिएको एमडिएमएस जेठ पहिलो सातादेखि लागु गर्ने तयारी!!!!!

जोईन खबर

२७, बैशाख २०८०
  • 697
    SHARES
  • प्रधानमन्त्रीको निर्देशनले रोकिएको एमडिएमएस जेठ पहिलो सातादेखि लागु गर्ने तयारी!!!!!

    २७ बैशाख काठमाडौ।प्रधानमन्त्री निर्देशनले रोकिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अगामी जेठ पहिलो साताबाट लागु गर्ने तयारी भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने निर्णय गरेसँगै मोबाइल बजारलाई नियामन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो ।

    images

    पुस १५ गतेदेखि एमडिएमएस लागु गर्ने भनिएपनि विदेशबाट एउटा मात्रै मोबाइल फोन ल्याउने व्यवस्था भएपछि चौतर्फी बिरोध भएको थियो । मन्त्रीपरिषद्को निर्णय अनुसार श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने जनाइएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न झन्डै एक अर्ब खर्च गरेको छ । लामो समय रोकिदा सफ्टवेयर, हार्डवयेर पुरानो हुने र थप लागत लाग्न जाने भएपछि प्राधिकरणले अर्थमन्त्रालयलाई दबाब दिदै आएको थियो ।दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस कार्यान्वयनमा ल्याउन सरकारले बाटो खोलिदिएको बताए ।

    उनका अनुसार सरकारले विभिन्न नयाँ शर्तहरु थप गरेको र त्यसलाई एमडिएमएसमा थप गर्नुपर्ने हुन्छ । 'सरकारले ६ महिना लगातार वैदेशीक रोजगारीमा गएर आएको व्यक्तिको हकमा मात्रै मोबाइल ल्याउन दिने निर्णय गरेको छ,’ अध्यक्ष खनालले भने '६ महिना अघि नै नेपाल आएको खण्डमा के गर्ने भन्ने कन्फ्युजन छ।यी विभिन्न बिषय मिलाउन राजपत्रमा प्रकाशित भएर आउँदा कम्तीमा एक हप्ता लाग्ने अध्यक्ष खनालको भनाई छ ।

     

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १३:१६:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको