अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताए ।
विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् । ति सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ,’ उनले भने, ‘फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ ।
संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए ।अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताए ।