२८ बैशाख काठमाडौ।बिहीबार सुनको मूल्य स्थिर अवस्थामा छ । यस दिन सुन बुधबार कायम मूल्यमा नै काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतिताोला एक हजार ४३० रुपैयाँमा खरिद बिक्री भएको छ ।