२८ बैशाख काठमाडौ।अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।अघिल्लो कारोबार दिन अर्थात बुधबार २.४३ अंक घटेर १८४१.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८८ अंक घटेर १८४०.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक घटेको छ।