Logo

बिहिवार, श्रावण १४ गते २०८३

नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत

नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत

जोईन खबर

२९, बैशाख २०८०
  • 628
    SHARES
  • नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत

    २९ बैशाख काठमाडौ।नेपाल राष्ट्र बैंकका अनुसार नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ।नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत थियो। शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ।

    images

    राष्ट्र बैंकका अनुसार मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि नै रहेको छ। २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो।

    भारतमा थोक मूल्य घट्दै गइरहेको छ। सन् २०२२ मार्च महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४ प्रतिशतमा झरेको छ। यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातित वस्तुहरूको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशः कम हुँदै जाने राष्ट्र बैंकले जनाएको छ।

     
     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १३:५६:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको