१ जेठ काठमाडौ।जेठको पहिलो दिन सुनको भाउ महंगिएर सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको भाउ भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको भाउ भने स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।