Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज सुनचाँदीकाे भाउ सस्तियो, ताेलाकाे कति ?

आज सुनचाँदीकाे भाउ सस्तियो, ताेलाकाे कति ?

जोईन खबर

३, जेठ २०८०
  • 622
    SHARES
  • आज सुनचाँदीकाे भाउ सस्तियो, ताेलाकाे कति ?

    ३ जेठ काठमाडौ।बुधबार सुनको भाउमा गिरावट देखिएको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको छ । निरन्तर तीन दिन स्थिर रहेको चाँदीको भाउ पनि यस दिन सस्तिएकाे छ ।आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार भने सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ पुगेको थियो ।

    images

    चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो तीन कारोबार दिन चाँदीको भाउ स्थिर रहेको थियो ।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - ११:३८:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको