Logo

बिहिवार, श्रावण १४ गते २०८३

लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउँदा नेस्डोले कसरी १८ प्रतिशत पायो ?

लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउँदा नेस्डोले कसरी १८ प्रतिशत पायो ?

जोईन खबर

४, जेठ २०८०
  • 715
    SHARES
  • लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउँदा नेस्डोले कसरी १८ प्रतिशत पायो ?

    ४ जेठ काठमाडौँ।नेपाल राष्ट्र बैंकले फागुन १० गते भन्दा अगाडि साधारण सभाको लागि स्वीकृति प्राप्त नगरेका सबै लघुवित्तको लाभांश संशोधन गराएर १५ प्रतिशत मात्रै लाभाश दिन स्वीकृति दिएका थिए तर नेस्डो समृद्धि लघुवित्तलाई भने राष्ट्र बैंकले १७.९३ प्रतिशत लाभांश दिन स्वीकृति दिएकाे थियाे।नेपाल राष्ट्र बैंकले फागुन १० गते माइक्रोफाइनान्सलाई लाभांंश वितरणमा कडाई गरेर नयाँ निर्देशन जारी गरेपछि राष्ट्र बैंकमा लाभांश र साधारणसभाको क्लिरियन्सका लागि जाने सबै लघुवित्तलाई १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न स्वीकृति दिएकाे थियाे ।

    images

    फागुन १० गतेको सर्कुलरभन्दा अगाडि लाभांश स्वीकृति गराएका लघुवित्तले भने १५ प्रतिशतभन्दा बढी नै लाभांश वितरण गर्न पाएका थिए । सूची अनुसार ३३ वटा लघुवित्तले फागुन १० अगाडि नै राष्ट्र बैंकबाट साधारण सभाको स्वीकृति पाएका कारण तिनीहरुले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने भाग्यमानी लघुवित्त सावित भएका थिए । आव २०७८।७९ को नाफाबाट उपकार लघुवित्तले ६५ प्रतिशत, महिला लघुवित्तले ५० प्रतिशत, सीवाईसी नेपाल र आँधिखोला लघुवित्तले ३१.५८ प्रतिशत, फरवार्ड लघुवित्तले ३० प्रतिशत, साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तले २७.३७ प्रतिशत र छिमेक लघुवित्तले २५.२६ प्रतिशत लाभांश घोषणा गरेका थिए । धेरै लघुवित्तले राष्ट्र बैंकको अघिल्लो सर्कुलर बमोजिम २० प्रतिशतको हाराहारीमा लाभांश घोषणा गरेका थिए ।

    फागुन १० मा राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्दा विभिन्न कोषमा रकम जम्मा गर्नुपर्ने गरी नयाँ निर्देशन जारी गर्यो । केन्द्रीय बैंकले यसअघिको २० प्रतिशतसम्म लाभांश दिन पाउने नीतिलाई संशोधन गर्दै लघुवित्तलाई आफ्नो नाफाबाट १५ प्रतिशतसम्म लाभांश दिन निर्देशन दिएको थियो। नेपाल राष्ट्र बैंक लघुवित्त नियमन विभागका कार्यकारी निर्देशन रेवती नेपालले नयाँ सर्कुलरपछि लघुवित्तले लाभांश १५ देखि २० प्रतिशतसम्म मात्र बाँड्न सकिने अवस्था रहेको बताए । 

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - ११:५७:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको