Logo

बिहिवार, श्रावण १४ गते २०८३

हिमाल दोलखा हाइड्रोपावरको शेयर निष्काशन गर्दै

हिमाल दोलखा हाइड्रोपावरको शेयर निष्काशन गर्दै

जोईन खबर

५, जेठ २०८०
  • 634
    SHARES
  • हिमाल दोलखा हाइड्रोपावरको शेयर निष्काशन गर्दै

    ५ जेठ काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ  कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    images

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। 

    कम्पनीले हाल ४.५ मेगावाटको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।  वित्तीय कम्पनी, व्यक्तिहरु तथा बैंकका कर्जाहरुको साँवा तथा ब्याज बुझाउन कडिन परिस्थिति सृजना भएकोले बैंकको कर्जा तथा कर्जाको ब्याज र परियोजना सञ्चालन गर्न सृजना भएका दायित्वहरु भुक्तान गरी कम्पनीलाई सरल तथा सहज तवरमा सञ्चालन गर्न हकप्रद शेयर जारी गर्नुपर्ने स्थिती आएको कम्पनीले बताएको छ।

     
     

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - ११:२१:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको