Logo

बिहिवार, श्रावण १४ गते २०८३

सिटी होटलको आईपीओ बाँडफाँट कति जना भाग्यमानी परे त

सिटी होटलको आईपीओ बाँडफाँट कति जना भाग्यमानी परे त

जोईन खबर

५, जेठ २०८०
  • 607
    SHARES
  • सिटी होटलको आईपीओ बाँडफाँट कति जना भाग्यमानी परे त

    ५ जेठ काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारणको निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो ।कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

    images

    कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ ।  १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १३:०५:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको