Logo

बिहिवार, श्रावण १४ गते २०८३

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

जोईन खबर

७, जेठ २०८०
  • 619
    SHARES
  • लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्दै

    ७ जेठ काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

    images

    ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

     सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ। 

    प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - १०:३५:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको